निर्यातलाई बढावा दिन सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ : पूर्वसचिव खनाल

विराटनगर - कार्यक्रममा पूर्व अर्थ सचिव एवं संगठनका विशिष्ठ सल्लाहकार रामेश्वर खनालले नेपाल व्यापार एकिकरण रणनिति २०१६ सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैक्षेत्रलाई समावेश गरी ईकोसिस्टमको विकास गर्नुपर्ने धारणा राखे ।
उनले आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका आन्तरिक उद्योगहरुको प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गरी निर्यातलाई वढावा दिन सरकार, नीजि क्षेत्रवीच सहकार्य हुनु पर्ने विचार व्यक्त गर्दै राज्यले उद्योग व्यवसायहरुको विकासका लागि सहज र सरल नीति निर्माण गरी सहजीकरण गर्न आवश्यक व्यवस्था सहितको व्यापार रणनीति तय गर्न कार्यक्रमका प्राप्त सुझावहरु महत्वपूर्ण रहेको बताए ।
अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको बजार प्रर्वद्धन निर्यात अभिवृद्धिको माध्यमवाट वढ्दो व्यापार घाटा न्यूनिकरण गर्न नेपाल सरकारले ल्याएको नेपाल व्यापार एकिकरण रणनीति २०१६ को आगामी संशोधनमा समावेश गर्नुपर्ने विषयवस्तुका सम्वन्धमा उद्योग संगठन मोरङको आयोजनामा २०७८ असोज ०७ गते, अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रियामा संगठनका तर्फबाट सुझाव प्रस्तुत गर्दै संगठनका अध्यक्ष सुयश प्याकुरेलले २०१६ को रणनीति योजनामा देखिएका कमीकमजोरीहरुको सुधार गरी आगामी नीति तय गर्नुपर्ने धारणा राखे । उनले विश्व वजारमा मौलिक चिनारी वोकेका नेपाली वस्तुको माग भएतापनि निर्यातमा देखिएको प्रकृयागत जटिलता, वढदो उत्पादन लागत तथा लजिष्टिक खर्च, ढुवानीको समस्याका साथै कुटनीतिक पहलको अभाव जस्ता कारणले आशातित रुपमा निर्यात हुन नसकेको वताउदै निर्यात प्रवर्धनमा देखिएका जटिलतालाई सम्वोधन गर्नेगरी आगामी रणनीति आउनु पर्ने धारणा राखे ।
नेपाल भारत उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्दिय सदस्य अविनाश वोहराले निर्यात व्यापारको महत्वपूर्ण पक्षका रुपमा रहेको सिपिङ कम्पनी नहुनु, डिटेन्शनका नाममा अतिरिक्त खर्चको व्ययभार उद्योगले व्यर्होर्नुपर्ने, अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त ल्याव नहुनु जस्ता कारणले पनि निर्यात व्यापार अभिवृद्धि हुन नसकेको औल्याउदै निर्यात अभिवृद्धिका लागि नीति निर्माणका साथैै पूर्वाधार विकासमा सरकारले ध्यान दिनु पर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा संगठनका पूर्व अध्यक्ष मुकेश उपाध्याय, वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन कावरा लगायत कार्यसमिति सदस्यहरु, निर्यातकर्ता उद्यमीहरु, महिला उद्यमीका साथै युवा उद्यमीहरु तथा विद्यार्थीहरुको समेत सहभागिता थियो ।

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

प्रतिक्रिया