कोरोना संक्रमणले सर्यो कांग्रेस केन्द्रीय समिति

काठमाडौं : नेताहरुलाई कोरोना भाइरस संक्रमण देखिएपछि नेपाली कांग्रेसको सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । ७ केन्द्रीय सदस्यसहित उनीहरुका लगभग ५ दर्जन सहयोगीलाई कोरोना संक्रमण देखिएपछि बैठक स्थगित भएको हो । स्थगित भएको बैठक आगामी २५ गतेका लागि बोलाइएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा असोज १५ गते लिइएको पीसीआर परीक्षण गर्दा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन थापा जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलाई संक्रमण देखिएको थियो । काठमाडौं बाहिर पीसीआर परीक्षण गर्दा केन्द्रीय सदस्यहरु रमेश रिजाल र अजयकुमार चौरसियामा पनि संक्रमण देखिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । नेता र उनीहरुका सहयोगीलाई संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय कार्यालय ५ दिन बन्द गर्ने र सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक २५ गतेसम्म साने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी केन्द्रीय समिति बैठक स्थगित गरिएको पौडेलले बताए । २५ गते बोलाइएको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अनुसार १७ गते संक्रमित भएका संक्रमित नेताहरु होम आइसोलेनसमा र उनीहरुको सम्पर्कमा रहेका अन्य नेताहरु होम क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइन र आइसोलेसनमा शनिबारदेखि बसेका नेताहरुको पाँच दिनपछि पुन स्वाब परिक्षण गर्दा संक्रमण नदेखिएमात्र कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ ।
असोज १५ गते कोरोनाको स्वाब दिएका नेताहरुको परीक्षणको रिपोर्ट शनिबार साँझ आउनुअघि नै नेताहरु केसी र थापा पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सहभागी भएका थिए । केसी र थापा उपस्थित बैठकमा सहभगी नेताहरु अहिले नीजि निवासमा क्वारेन्टाइन बनाएर बसेका छन् ।

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

प्रतिक्रिया