भवन तोडफोड गर्नेलाई कारबाही नभएकाेमा ओलीको आपत्ति
काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारी संगठनको कार्यालयमा तोडफोड गर्नेलाई सरकारले कारबाही नगरेको भन्दै आपत्ति जनाएका छन् । एमालेको काठमाडौं उपत्यका विशेष प्रदेश कमिटीले बिहीबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकारप्रति आलोचना गरे ।
निजामती कर्मचारी संगठनको बबरमहलस्थित कार्यालयमा माधव नेपाल पक्षीय कर्मचारीले आक्रमण गरेको र सुरक्षाकर्मीले संगठनका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको भन्दै ओलीले विरोध जनाए । कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेलले नेता नेपालले नयाँ पार्टी खोलेर कम्युनिष्ट आन्दोलनलाई धोका दिएको बताए । पार्टी स्थायी कमिटीका सदस्य रामबहादुर थापाले विशेष क्षेत्रका कार्यकर्ताले विशेष ढंगले काम गरेर देखाउनुपर्ने धारणा राखे ।
कार्यक्रमा कमिटी अध्यक्ष सुजिता शाक्यले पनि आफ्नो भनाइ राखेकी थिइन् । एमालेबाट माधव नेपालपक्ष विभाजित भएपछि कार्यालय भवन आफ्नो पक्षको रहेको दाबी गर्ने क्रममा सोमबार दुई पक्षका कर्मचारीरूबीच झडप भएको थियो ।

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिक्रिया