ट्राफिक महाशाखाद्वारा चाडपर्वलक्षित यात्रु सहायता कक्ष सञ्चालन

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले गोंगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । दसैं, तिहार र छठमा उपत्यकाबाट विभिन्न जिल्ला बाहिरिने यात्रुको सुविधालाई लक्षित गरी महाशाखाले सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।
बिहीबार महाशाखाका प्रहरी अधिकृत, स्थानीय प्रहरी, यातायात व्यवसायी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधि, ट्राफिक स्वंयम् सेवकको उपस्थितिबीच सहायता कक्ष उद्घाटन गरिएको हो ।
सार्वजनिक यातायातको टिकटसम्बन्धी यात्रुलाई पर्नसक्ने समस्या समाधानका लागि उपत्यकाका विभिन्न स्थानमा सहायता कक्ष सञ्चालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताए ।
कोभिड संक्रमणबाट बच्न मास्कको प्रयोग गरी स्वास्थ्य मापदण्ड अपनाएर सेवा लिन एसएसपी भट्टराईले सर्वसाधारणमा आह्वान गरेका छन् । यात्रुको चापका आधारमा उपत्यकाका १४ स्थानमा कक्ष स्थापना गरिने महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले बताए ।
बिहीबार नयाँ बसपार्क, गौशाला, बल्खु र कोटेश्वरमा कक्ष सुरु भएको छ र आइतबारभित्र सातदोबाटो, कलंकी, नागढुंगा, स्वयम्भू, माछापोखरी, चाबहिल, जगाती, सुन्धारा, रत्नपार्क र फर्पिङमा कक्ष सञ्चालन गरिने प्रवक्ता दासले जानकारी दिए ।
‘दसैंमा घर जान लामो तथा मझौला दूरीका अग्रिम टिकट बुकिङ खुला हुने हुँदा त्यस्ता स्थानमा यात्रुको भिडभाड र हुनसक्ने समस्यालाई समाधान गर्न कक्ष सञ्चालन गरिएको हो,’ उनले भने ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया