कांग्रेसको गाउँ तथा नगर अधिवेशनको मिति हेरफेर

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसले गाउँ तथा नगर अधिवेशनको मिति हेरफेर गर्ने तयारी गरेको छ । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टीको निर्वाचन समितिसहित कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा अधिवेशनको कार्यतालिका हेरफेरका बिषयमा छलफल भएको हो ।
बैठक शुक्रबार बिहान १० बजे पुनः बस्ने र अधिवेशनका साथै क्रियाशील सदस्यताको विवादका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए । शुक्रबार बस्ने बैठकले कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन र त्यसपछिका अधिवेशनका विषयमा निर्णय लिने बताइएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन ९–१३ मंसिरसम्म गर्ने तय भएको छ ।

भोलि लिङ्देन, थापा, सुवेदी, विष्टले सामुहिक आन्दोलनको घोषणा गर्ने

नीति तथा कार्यक्रममा एआईलाई विधेयकमा समेट्ने बाहेकको नयाँ योजना छैनः सांसद …

बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै शुरु : सञ्चारमन्त्री गुरुङ

सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीनः सांसद यादव

पुरातन शैली र नेतृत्व वाधक नबनिदिए मुलुक आफैं बन्छ : विराजभक्त श्रेष्ठ

हामी आफ्नै आत्मरतिमा रमायौंः गौतम

पहुँचका आधारमा बजेट विनियोजन नगरियोस् : साउद

प्रतिक्रिया