डीआइजीको नाममा पैसा उठाउने महिला पक्राउ

जनकपुरधाम – प्रदेश २ का प्रहरी प्रमुख डीआइजी उमेश रञ्जीतकारको नाममा पैसा उठाएको आरोपमा एक महिला पक्राउ परेकी छन् । रौतहटस्थित नेपाल प्रहरी स्कूल गरुडाको शिक्षक पदमा स्थायी गराई दिने नाममा डीआइजी रञ्जीतकारसँग कुरा भइसकेको भनी बार्गेनिंग गरेको आरोपमा सर्लाही निवासी सुशीला थापा दाहाललाई रौतहट प्रहरीले पक्राउ गरेको हो ।
डीआइजीको नाममा पैसा मागेको अडियो सञ्चारमाध्यममा सार्वजनिक भएपछि थापा पक्राउ परेकी हुन् । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडामा राखेर अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
यसैबीच प्रदेश प्रहरी कार्यालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै डीआइजीले पैसा उठाइरहेको भन्ने भ्रामक समाचारमा सत्यता नरहेको साथै आरोपित महिलालाई पक्राउ गरी कारबाही अगाडि बढाइएको जनाएको छ ।
पक्राउ परेकी थापाले पर्सा जिल्ला मणिपुरका उदासकुमार पाण्डेलाई नेपाल प्रहरी स्कूलमा स्थायी नियुक्ति गराई दिने भनी डिआइजी रञ्जीतकार, प्रधानाध्यापक र एकजना व्यक्तिसँग कुरा भइसकेको र यसबापत उनीहरूले ६ लाख रूपैया लिने भनी बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया