गेष्ट हाउसमा लिएर बालिका बलात्कार गर्ने सागर १० वर्षपछि पक्राउ

काठमाडौँ - जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी भक्तपुर सल्लाघारी बस्ने सिन्धुपालचोक गाविस ३ घर भएका ३८ वर्षीय च्याङ्गवा भन्ने सागर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ५ गतेको फैसलाले ९ वर्ष कैद र पीडितले प्रतिवादीबाट नगद १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने सजाय ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले सल्लाघारी चोकबाट पक्राउ गरेको हो ।
१५ वर्षीया बालिकालाई फोनबाट सम्पर्क गरी काठमाडौंमा राम्रो काम लगाईदिन्छु भन्दै ललाई फकाई प्रलोभन पारी दोलालघाटबाटसँगै लिएर आई कोटेश्वरस्थित शुभलक्ष्मी गेष्ट हाउसको ३०६ नम्बरको कोठामा डर त्रास देखाई २०६८ कात्तिक २० गते जबरजस्ती करणी गरी फरार रहेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको ब्युरोले जनाएको छ ।

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

प्रतिक्रिया