बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया तीन महिनादेखि प्रमुख बिहीन

कैलाली- सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया विगत ३ महिनादेखि प्रमुख बिहीन रहेको छ ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइज) प्रमुख रहेने उक्त मुख्यालयमा तत्कालीन डीआइजी प्रविण श्रेष्ठले अवकाश पाएपछि निमित्तको भरमा सञ्चालनमा रहेको छ ।
गत असार ७ गते सेवा निबृत भएका श्रेष्ठ पछि अहिलेसम्म कुनै पनि डीआइजीहरू यहाँ आउन नमानेको श्रोतले जानकारी दिएको छ ।
सुदूरपश्चिम पठाउन खोजिएका केही डीआइजीले शक्तिकेन्द्रको पावरमा यहाँ आउन नमानेको बताइएको छ । बरु पुर्व जहाँ पठाएपनि जान इच्छुक रहेका डीआइजीहरू सुदुरपश्चिम भन्ने बित्तिकै आउन नचाहेका हुन ।
विगतमा समेत धेरै डीआइजीहरूले सुदुरपश्चिम नरुचाएपछी सुदुरपश्चिम घर भएका डीआइजीहरूलाई पठाउने गरेको बिभागले अहिलेसम्म पनि डीआइजी पठाउन नसक्नुलाई संगठन प्रमुखकै कार्यक्षमतामा प्रश्न उठाउन थालिएको छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया