कोभिड खोपको पूरा मात्रा लगाएकाले मलेसिया जान पाउने

काठमाडौँ- लामोसमयदेखि नेपाली कामदारका लागि रोकिएको मलेसिया लागि खुलेको छ । नेपाली कामदारले स्वास्थ्यको मापदण्ड अपनाएर मलेसिया जान पाउन भएका हुन् ।
कोभिड-१९ को महामारीका कारण जान नपाएका कामदारले प्रवेश पाउने भएका हुन् । नेपाललगायत केही मुलुकका कामदारले मलेसिया प्रवेश गर्न पाउने नेपालस्थित मलेसियन दूतावासले जनाएको छ ।
मलेसियाको भिसा भएका, विश्व स्वास्थ्य संगठनले मान्यता प्रदान गरेर लगाएको खोप, पीसीआर नेगेटीभ रिपोर्ट र मलेसियाको स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड अनुसार कामदार क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
मलेसिया प्रवेश गर्न त्यहाको अध्यागमनबाट अनुमति प्राप्त गर्नुपर्नेछ । भिसाबारेमा केही बुझ्नुपर्ने भएमा काठमाडौँस्थित मलेसियाको दूतावासमा ०१-५४५४६८९ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।
नियमित रुपमा नेपाली कामदार मलेसिया जान नपाएको करिब दुई वर्ष भइसकेको छ । कोभिड महामारीले मलेसिया तर्फ जाने कामदारहरू रोकिएका थिए ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया