बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

देशभर आंशिक बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं - हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमा महाशाखाकाअनुसार लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का थोरै स्थानमा हल्का बर्षा भइरहेको छ ।

हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा झारखण्ड आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।