झापामा कौडाको खालबाट १७ जना पक्राउ
दमक – प्रहरीले झापाको दमकमा कौडाको खालबाट १७ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले मंगलबार राति साढे ११ बजे दमक नगरपालिका १ स्थित हिमाल देवानको घरबाट उनीहरूलाई पक्राउ गरेको हो ।
देवानको घर कम्पाउन्डपछाडि भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४९ वर्षीय कर्ण राईलगायत १७ जनालाई पक्राउ गरेको झापा प्रहरीले जानकारी दिएको छ । उनीहरूका साथबाट ४ लाख २७ हजार ६ सय रूपैयाँ र १६ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिने क्रममा भद्रपुर नगरपालिका– १० बस्ने ५० वर्षीय ठाकुरप्रसाद निरौला भागेका र सोही क्रममा हामफाल्दा निरौलाको दुवै पैतालामा समान्य चोट लागेपछि दमकस्थित लाइफलाइन अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । निरौलासहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

यस्तो छ आज तपाईंको भाग्य
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

प्रतिक्रिया