खप्तड राष्ट्रिय निकुञ्जबाट बन्दुकसहित दुई सिकारी पक्राउ
बाजुरा - खप्तड राष्ट्रिय निकुञ्जमा सिकार गर्न आएका दुई जना पक्राउ परेका छन् । मंगलबार राति निकुञ्ज क्षेत्रमा सिकार गर्न आएका उनीहरूलाई नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त पट्रोल टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्बर १ बस्ने ५९ वर्षीय दिलबहादुर जेठारा र सोही स्थानका वर्ष ३५ का वीरेन्द्रबहादुर कार्की रहेका छन् ।
निकुञ्जछेउ पौवागढीबाट समातिएका उनीहरूका साथबाट एक थान भरुवा बन्दुक, दुई थान बारुदको डिब्बा, पाँच थान बन्दुकको गोली, एक थान भरुवा बन्दुकको केप डिब्बा बरामद गरिएको सेनाले जनाएको छ । ‘पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि निकुञ्ज कार्यालयमा बुझाइएको छ,’ सेनाका एक अधिकारीले भने ।

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

यस्तो छ आज तपाईंको भाग्य
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया