नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा

काठमाडौँ - काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा आएको छ । गत साउन २३ गते भिषण आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको कारखाना बुधबार (आज)बाट पुनः सञ्चालनमा आएको हो ।
बुधबार कम्पनीले पत्रकार सम्मेलन आयोजना गरी सञ्चालनमा आएको जानकारी दिएको हो । कारखाना सञ्चालनमा आएपनि पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने कम्पनीको भनाई छ ।
कम्पनीका प्रमुख कार्यकारी निर्देशक केशव भट्टराईले पहिलो चरणमा दैनिक १६ टन मात्रै उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले आगलागीका कारण मेशीन पूर्ण रुपमा ध्वस्त भएको कारण पहिलेको क्षमता भन्दा कम उत्पादन हुने बताए । उनले यसअघि एभरेजमा दैनिक २० देखि २२ टन विस्कुट उत्पादन हुने गरेको पनि बताए ।
यस्तै उनले आगलागीबाट अनुमानित कुल २२ करोड रुपैयाँ बराबरको क्षेती भएको पनि जानकारी दिए । जसमध्य १२ करोड रुपैयाँ अनुमानीत कच्चा पदार्थमा र बाँकी मेशीन र घरमा क्षेती पुगेको उनले बताए । मेशिन र घरको क्षति पूर्ण विवरण अझै नआएको पनि उनले जानकारी दिए ।
नेपालको पहिलो बिस्कुट उत्पादन कम्पनी भनेकै नेविको प्रा लि हो । नेविकोले करिब ५८ बर्षदेखि आफ्ना उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आएको छ । नेपालमा अन्तराष्ट्रिय कम्पनीका विस्कुटहरु नभित्रिएको समयमा नेबिकोका थिनारोट, ग्लुकोज, कोकोनट विस्कुटले आधिपत्य जमाएका थिए ।

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

प्रतिक्रिया