वडाध्यक्षलाई फोनबाट धम्की दिएर वडा कार्यालयमा आगजनी
सुर्खेत - सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा कार्यालयमा आगजनी भएको छ । वडा नम्वर एकको कार्यालयमा बुधबार बिहान साढे १० बजे आगजनी भएको हो । आगजनीबाट कार्यालयका कागजातको साथै अध्यक्ष वस्ने कुर्सी, सोफा, दराजहरु जलेर नष्ट भएका छन् ।
वडा अध्यक्ष गंगाराम सुनारका अनुसार सोही वडाका वास्ताम लामिछानेले आज विहान करिब साढे दश बजे वडा कार्यालयमा आगजनी गरेको बताए । उनले वडा अध्यक्षलाई फोन गरेर सुरुमा वडा कार्यालय जलाइदिने धम्की दिएका थिए । केही समयपछि पेट्रोल छर्केर वडा कार्यालयमा आगजानी गरिएको खबर आफूले पाएको उनले बताए ।
वडा कार्यालयमा आगजन गरेपश्चात नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले वडा कार्यालयको निरीक्षण गरेका छन् । सुवेदीले सरकारी सम्पतीमाथि क्षति पु¥याउनेलाई कानुनी दायरामा ल्याइने बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले बताए ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया