सेयर बजारमा १०४ अंकको वृद्धि, २५ कम्पनीको सेयर मूल्यमा उच्चवृद्धि

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक १०४.८८ को फराकिलो अंकले वृद्धि भएको छ । ३.८७ प्रतिशतले बढेर नेप्से परिसूचक २८१६.९५ बिन्दुमा पुगेको हो ।
कारोबारमा आएका सबै समूहका परिसूचकमा वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचकमा ८ दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ । जलविद्युत् समूहको परिसूचक पाँच दशमलव ५७ प्रतिशतले बढेको छ ।
२५ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । १३ कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर नै लागेको छ । कुल सेयर कारोबार ६ अर्ब १७ करोड रुपैयाँ बराबर छ । ७२ हजार सात सय १४ पटकको किनबेचमा एक करोड २१ लाख कित्ता सेयर किनबेच भएको छ ।

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

प्रतिक्रिया