दरबन्दी अनुसार कर्मचारी नहुँदा कार्यसम्पादनमा समस्या

सुर्खेत - प्रदेश लोकसेवा आयोग कार्यालय गठनले पूर्णता पाए पनि कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्यसम्पादनमा समस्या भएको छ । लोकसेवा आयोगमा २५ जनाको दरबन्दी भए पनि हाल १३ जना मात्र कर्मचारी रहेका छन् ।
सहायक चौथौ, पाचौँ, अधिकृत छैटौँ पद पूरु्ति छन् तर,त्यहाँभन्दा माथिका पद उपसचिव र अधिकृत पदहरू रिक्त छन् । ऐन संसोधन नभएसम्म कर्मचारी पूर्तिको विज्ञापन गर्न नपाइने कानुनी जटिलता रहेको रहेको प्रदश लोकसेवा आयोगका शाखा अधिकृत तथा सूचना अधिकारी प्रेमप्रसाद आचार्यले बताए। उनका अनुसार प्रदेश लोकसेवा आयोग सुरुमा स्थापना भएको र सबै नयाँ भएकाले कानुन बनाउनुपर्ने भौतिक पुर्वाधार बनाउनुपर्ने लगायतका समस्या तथा चुनौतीले छन् ।
लोकसेवा आयोगले न त प्रदेश र स्थानीय तहमा रहेका रिक्त पदका लागि विज्ञापन गर्न सकेको छ न ऐन/कानुननै स्वीकृत गर्न सकेको छ । प्रदेश लोकसेवा आयोगमा २०७५ मा आएको ऐन छ । ऐनमा संंसोधन गर्नुपर्ने विषयबस्तु भएको ऐनको संसोधन नभएसम्म ऐनको नियमावली कार्य विधि आयोगले स्वीकृत गर्न नसकेको सूचना अधिकारी उपाध्यायको भनाइ छ । मस्यौदा तयार गरेर राखेका छौँ,’ उनले भने, ‘प्रदेश लोकसेवा ऐन अन्तरगत रहेर निर्माण सबै कानुनहरू हुन्छन् । संसोधन नभएको अवस्थामा मस्यौदा तयार भइसकेका छन् तर,कानुन स्वीकृत गर्न सकेका छैनौ ।’
प्रदेश लोकसेवा आयोगले प्रदेश स्थानीय तहमा रिक्त रहेका पदमाा पदपूर्ति गर्ने हो । प्रदेश लोकसेवा आयोगको ऐनले पूर्णता नपाएकाले जबसम्म ऐन पारित हुँदैन तबसम्म रिक्त रहेका प्रदेश र स्थानीय तहकमा रिक्त रहेका पदमा पदपूरु्तिका लागि कानुनी जटिलता रहेको छ ।
कानुनी पूर्वाधार र कानुनी तयारी भयो भने प्रदेश र स्थानीय तहमा रिक्त रहेका पदमा पदपूर्तिको लागि विज्ञापनको तयारी गर्ने उपाध्यायले बताए । त्यस्तै कानुन निर्माण गर्नेमा परीक्षा संचालन, प्रदेश र स्थानीय तहमा रिक्त रहेका पदपूर्ति गर्नका लागि आवश्यक कानुनहरूको मस्यौदा तयार गरेर संसोधनका लागि मूख्यमन्त्री कार्यालयमा पठाएको उनले बताए ।
लोकसेवा भर्नाका लागि अब अनलाइनमार्फत घरमै बसेर विज्ञापन भएको खण्डमा प्रशिक्षार्थीले घरमै बसेर आवेदन दिनसक्ने व्यवस्था छ । ट्रायलमाा छौँ,पाठ्यक्रहरू सहायक चौथौँ र पाचौँ तहका अधिकांश पदहरू रिक्त छन् ।
सरकार गठन भएको साढे तीन वर्षमा पनि बनेर निजामती सेवा ऐन
हाल कर्णाली प्रदेशका प्रदेश र स्थानीय तहमा उल्लेख्य रुपमा कर्मचारीको अभाव छ । प्रदेश लोकसेवा आयोगले नत कर्मचारीका लागि विज्ञापन गर्न सकेको छैन । प्रदेश र स्थानीय तहमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यसम्पादनमा समस्या हुँदै आएको छ । प्रदेश लोक सेवा आयोगले २०७४ फागुन तीन गते प्रदेश सरकार गठन भएर हाल साढे तीन वर्ष पुुग्यो । सरकार गठन भएको साढे तीनवर्षसम्म पनि प्रदेश सरकारले निजामती सेवा ऐन ल्याउन नसक्दा आयोग निजामती ऐन ल्याउला प्रदेश र स्थानीय तहमा रिक्त रहेका पदहरुमा पदपुर्ति गर्ने कहिले पखौ र हेरौँ भन्ने भएको छ ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया