राजनीतिक नियुक्ति गरेका सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ - सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले राजनीतिक नियुक्तिबाट भएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा ससदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक घण्टा बसेको बैठकले कर्णाली कोरिडोर अन्तरगत सल्ली सल्ल-सिमिकोट सडक खण्डको दुल्लिकुनादेखि लालिबगरको ७ किमि लैफबद्री गाउँदेखि हुक्का खोलासम्म १३.५ किमि सडक खण्डको ट्र्याक खोल्न नेपाली सेनालाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए ।
त्यस्तै बैठकले कोभिड -१९ व्यवस्थापन आदेश २०७८ स्वीकृति गर्ने र संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन जाने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय बैठकले गरेको छ ।
कोभिड -१९ संकट व्यवस्थापनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघिय संसदमा पेश गर्न स्वीकृती प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ । औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय सदनमा पेश गर्न स्वीकृती दिने निर्णय पनि बैठकले गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया