'खोप लगाउने भए पहेलो धर्काभन्दा बाहिर उभिनुहोस'

काठमाडौँ- 'खोप लगाउनेहरूले पहेलो धर्का भन्दा बाहिर उभिनुहोला' मंगलबार काठमाडौँ महानगरपालिकाले कोभिड-१९ विरुद्धको खोप लगाउन आयोजना गरिएको कार्यक्रममा बानेश्वरको देउराली क्लब अगाडि प्रहरीले मायकबाट निकालेको आवाज हो । खोप लगाउन बाटोमा उनीहरू लाइन लागेका थिए ।
बानेश्वरको प्रतिनिधि सभा भवन पछाडि र भिमसेन माबि अगाडि खोप लगाउनेको लाइन थियो । मध्यान्हको घाम र घडीले १ बजेको संकेत गर्दै थियो । सबैको अनुहारमा हतारो देखिन्थ्यो । लाइनमा एकले अर्कोलाई छुइरहेका थिए ।
सबलाई खोप लगाउनु थियो तर, त्यहाँ कसैलाई पनि सामाजिक दूरी कायम गर्नु थिएन । किनभने खोप लगाएमा कोभिडबाट सुरक्षित भइन्छ भन्ने आत्मविश्वास भएर पनि हो ।
लाइनमा उभिनुहोस, लाइन मिचेर कसैलाई छिर्न नदिनुहोस भनी मायकमा प्रहरीले भनिरहेका थिए । खोप थोरै आएको छ र बिचमा कसैलाई छिर्न नदिनुहोला भन्दै उनले निर्देशन दिइरहेका थिए ।
कोभिडको जोखिम रहदा कसैले पनि सामाजिक दूरी कायम गरेका थिएनन् । सामाजिक दूरी कायम गर्नूभन्दा पनि कोभिड सुरक्षाको मापदण्ड उल्लंघन गरी खोप लगाउने काम भइरहेको थियो ।
महानगरमा कोभिडविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन थालिएको छ । ३२ वडामा खोप कार्यक्रम सञ्चालन भइरहेको छ । महानगरले १८ वर्षदेखिको माथिका र यसअघि खोप लगाउन छुटेका मानिसहरूले खोप लगाइरहेको छ ।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया