रोहिंग्यालाई नेपाल ल्याउने तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौँ- बंगलादेशबाट रोहिंग्या शरणार्थीलाई अमेरिका, क्यानडा र युरोप जान पाइने प्रलोभनमा पारी नेपाल ल्याउने दुई रोहिंग्यासहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
रोहिंग्या नागरिक २७ वर्षीय नुरल अमीनलाई सोमबार पक्राउ गरिएको, सफीक आलम र बंगलादेशी नागरिक ३० वर्षीय अज्मत्त उल्लालाई पक्राउ शनिबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता श्याम कुमार महत्तोले जानकारी दिए ।
उनीहरूले बंगलादेशको रोहिंग्या शरणार्थी क्याम्पमा पुगी नेपालमा अमेरिका जाने परिचयपत्र पाइने प्रलोभनमा पारी उनीहरूलाई काठमाडौँ ल्याउने कार्यमा संलग्न रहेका थिए । मासिक भत्ता, पुरुषलाई ५ हजार ७ सय ५० र महिलालाई ३ हजार ७ सय ५० रुपैयाँ पाइने प्रलोभनमा नेपाल ल्याउने कार्यमा उनीहरू संलग्न थिए ।
रोहिंग्या नागरिकले तीनजनालाई बंगलादेशदेखि काठमाडौँसम्मको यात्राका लागि २ लाख ५० हजार बंगलादेशी मुद्रा तिर्ने गरेका थिए । मानवबेचबिखन तथा ओसारपसार संलग्न व्यक्तिहरूलाई काठमाडौँको विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको महत्तोले जानकारी दिए ।
पक्राउ परेका अमिन कपडा बेच्ने, आलम सामाखुशीस्थित हार्डवेयरमा काम गर्ने र अर्का बंगलादेशी नागरिक अज्मत कालीमाटीमा कपडा पसल सञ्चालन गर्थे । दुई जना रोहिंग्या काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-२ कपनस्थित राममन्दिरमा र अर्का बंगलादेशी काठमाडौँ महानगरपालिका १३ मा बस्ने बंगलादेशी नागरकि परेका हुन् ।
यो पनि पढनुहोस :
रोहिंग्यालाई शरणार्थी बनाउन प्रतिव्यक्ति ५० हजार टाका लिएर कसले नेपाल भित्र्याउँदैछ ?

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

यस्तो छ आज तपाईंको भाग्य
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

प्रतिक्रिया