भारतीय तस्करको समूहद्वारा सशस्त्र प्रहरीमाथि निर्घात कुटपिट

कैलाली- कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्करको समूहले निर्घात कुटपिट गरेको छ । कञ्चनपुरको दक्षिणी बेल्ट दोधारा चाँदनी नगरपालिका-८ मा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका हुन् ।
तस्करको कुटाईबाट घाइते प्रहरी जवानहरूको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक विरेन्द्रसिंह ऐरले बताए । तस्करी नियन्त्रणका क्रममा भारतीयहरूले ढुंगामुढा प्रहार गरेको उनले बताए ।
सोमबार राति ८ बजे नेपाल-भारत सीमा क्षेत्रमा तस्करी भइरहेको सूचनाको आधारमा पुगेका सशस्त्र प्रहरीमाथि तस्करहरूले हातपात गर्दै प्रहरी नियन्त्रणमा रहेको मोटरसाइकल र चिनी आफैसँग लिएर गएका छन् । तस्कर पक्राउ गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोग मागिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया