‘कर्मचारीको सक्रियताविना सुशासन असम्भव’

जनकपुरधाम – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले निजामती कर्मचारीको सक्रियताविना प्रदेशमा सुशासन कायम नहुने बताएका छन् । प्रादेशिक सुशासन केन्द्रले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत सोमबार बर्दिवासमा आयोजना गरेको स्थानीय तहको संस्थागत स्वमूल्यांकनसम्बन्धी समीक्षा एवम् अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।
उनले कुनै पनि अनियमितता जनप्रतिनिधिबाट प्रत्यक्ष रूपमा नभई कर्मचारीको सहयोगमै हुने गरेको दाबी गर्दै जनप्रतिनिधिलाई नियम कानून बुझाउने जिम्मासमेत रहेको उल्लेख गरे । उनले स्थायी सत्ताका रूपमा रहेका कर्मचारीहरू इमान्दार भए अनियमितता नहुने स्पष्ट पार्दै स्थायी सत्तामा रहेका कर्मचारीहरूलाई इमान्दार हुन आग्रहसमेत गरे ।
सुशासन कायम गर्ने पहिलो चरण नै स्वमूल्यांकन रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले स्वमूल्यांकनलाई प्राथमिकतामा राख्न स्थानीय तहका प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिए । उनले प्रदेशका अधिकांश स्थानीय तहले स्वमुल्यांकन नतिजा प्रकाशन गर्न नसकेकोप्रति दुःख व्यक्त गरे ।
‘हामी आफनो मुल्यांकनसमेत हामीले गर्न नसक्दा सुशासन कायम गर्न असम्भव छ,’ उनले भने । कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव यमप्रसाद भुषाल, प्रमुख सचिव हरिप्रसाद मैनाली, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारी, मुख्यमन्त्री कार्यालयका सचिव विष्णु ढकाललगायतको सहभागिता थियो ।

हात हालाहालको स्थिति लडाइँमा परिणत हुन पाएनः प्रधानमन्त्री ओली

‘बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ’

‘समतामूलक समाज निर्माण गर्न बुद्धका उपदेश प्रेरणादायी’

लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउन जरुरी छ :…

बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार हो: सभामुख घिमिरे

गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्नेः उपराष्ट्र…

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छ : प्रचण्ड

प्रतिक्रिया