कर्णाली योजना आयोगका सदस्यले दिए राजीनामा

सुर्खेत - कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष आज दिउँसो राजीनामा बुझाएका हुन् । झण्डै तीन वर्षअघि आयोगको सदस्यमा नियुक्ति भएका शाहीले सोमबार राजीनामा बुझाएका छन् ।
राजनीतिक अन्यौलता, उतार चढावप्रति वितृष्णा जागेकाले राजीनामा बुझाएको उनले बताए । ‘मैले उहाँहरूलाई पहिला पनि नराख्नुहोस भनेको थिएँ तर, राखिहाल्नुभयो’ उनले भने, ‘आफ्नो प्रदेश भएकाले पनि काम गरौ भन्ने भयो । अब तीन वर्ष पनि पुग्न लाग्यो नेतृत्व गरेको’
‘म नेकपाको तर्फबाट भएको हो अहिले छोडे’ इकागजसँग कुरा गर्दै उनले भने, ‘अहिले एमाले, माओवादी अलग भयो । यो राजीनतिक गञ्जागोल भएको छ जति कुरा गरेपनि यो भनेको नेताहरूले पदका लागि गरेका हुन् ।’ प्रदेशका नीति तथा योजना निर्माणका कार्यमा स्वयम्सेवी रूपमा योगदान गर्न सधैँ तत्पर रहेको उनले बताएका छन् ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया