२७०० बिन्दुमुनि झर्यो सेयर बजार
११४ अंकले खस्कियो नेप्से, ३२ कम्पनीको सेयर भाउमा उच्च गिरावट

काठमाडौँ - सेयर बजार मापन गर्ने नेप्से परिसूचक ११४.०२ अंकले खस्किएको छ । ४.०५ प्रतिशतले घटेर नेप्से २६९८.२४ बिन्दुमा पुगेको हो । सबैभन्दा बढी फाइनान्स समूहको परिसूचकमा गिरावट आएको छ । यो समूहको परिसूचक ८.५६ प्रतिशतले घटेको छ ।
विकास बैंक समूहको परिसूचक ६.३५ प्रतिशतले घटेको छ भने जलविद्युत् समूहको परिसूचक ६.८ प्रतिशतले घटेको छ । जीवन बीमा समूहको परिसूचक ५.०७ प्रतिशतले खस्किएको छ । इन्भेष्टमेन्ट समूहको परिसूचक ५ प्रतिशतभन्दा बढी दरले खस्किएको छ ।
सेयर बजारमा प्रभुत्व राख्ने बैंकिङ समूहको परिसूचक २.७ प्रतिशतले घटेको छ । ट्रेडिङ, होटल एन्ड टुरिजम् र निर्जीवन बीमा समूहको परिसूचक चार प्रतिशतभन्दा बढी दरले घटेको छ । कारोबारमा आएकामध्ये ३२ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । जसमध्ये सात कम्पनीको सेयर मूल्य घटेर सर्किट ब्रेकर नै लागेको छ ।

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

प्रतिक्रिया