खुकुरीको म्युजिक नेसन

काठमाडौंः खुकुरीले नेपाली संगीतको विरासतलाई निरन्तरता प्रदान गर्न तथा अँग्रेजी नयाँ वर्ष २०२१ को भव्यशुभारम्भ गर्न ‘खुकुरी म्युजिक नेसन’ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । यस अभियानमा नेपालका ख्याति प्राप्त स्थापित कलाकारहरुका साथै उदयमान कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।
खुकुरी रमले आफ्नो वेबसाइट मार्फत् एउटा प्रतियोगिता सञ्चालन गर्ने भएको छ जहाँ आवेदकहरुले आफू भित्र रहेको साँगीतिक प्रतिभाको भिडियो अपलोड गरेर प्रस्तुत गर्न सक्नेछन् । प्रतियोगिताको निर्णायकहरु विपुल क्षेत्री, समृद्धी राई र सबिन राई (नेपाली लोकप्रिय ब्याण्ड सबिन राई एण्ड द फारोबाट) को टोलीले यसरी भिडियो अपलोड गर्ने प्रतिभाहरु मध्येबाट टप १६ प्रतियोगीहरू छान्नेछन् । यी नाम यही २०२१ जनवरी १ तारिखमा आयोजना हुने खुकुरी देशको संगीतको प्रत्यक्ष साँगीतिक कार्यक्रमबाट उद्घोष गरिने आयोजकले उल्लेख गरेको छ ।
जनवरी १ तारिखमा सम्पन्न हुने साँगीतिक कार्यक्रममा ख्याति प्राप्त नेपाली कलाकारहरु कबवेब, समृद्धी राई, विपुल क्षेत्री, सबिन राई एण्ड द फारो, द एक्स ब्याण्ड र द इलिमेन्ट्सले पनि प्रस्तुति दिने कार्यक्रम रहेको छ । हालको कोभिड परिस्थितिको कारणले गर्दा बृहत् अनलाइन कन्सर्ट गरेर यो कार्यक्रम आयोजना गर्न लागिएको छ । २०२१ फेब्रुअरी २१ मा गरिने घोषणासँगै नेपाली संगीतमा नयाँ नेपाली संगीत स्टारको उदयहुनेछ भनें ती विजेताले ११ लाख रुपैँया बराबरको खुकुरी म्यूजिकलसँगको करार प्राप्त गर्ने बताइएको छ ।
यो कार्यक्रमको बारेमा बताउँदै खुकुरी रमको तर्फबाट कार्यक्रम मेनेजर श्रीदा शाहले खुकुरी म्युजिक नेसनको आयोजनाले उदयमान नेपाली कलाकारहरु लाई उनीहरुको आफ्नो प्रतिभा प्रस्तुत गर्नका लागि उपयुक्त मञ्च प्राप्त हुने बताइन् ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_aZz0VXATyd_dlvax4yapqjl3bszpvgdc9wkifqltfb6k92np7ukvqjr8kdbeyf2eyt8dtx9.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया