छलफलनै नगरी विनियोजन विधेयक पारित
काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको नाराबाजीबीच विनियोजन विधेयक पास भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबीच सरकारले प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरेको हो ।
एमाले सांसदले बैठक सुरु हुनासाथ नाराबाजी गरेका थिए । सभामुखले संसद्मा बजेट छलफल चलाएका थिए। बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकमाथि पारित गर्ने सम्बन्ध बैठक बसेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच बजेटसम्बन्धी छलफल चलेको हो । विगतमा विनियोजन विधेयकमाथि झन्डै एक महिना लामो दफावार छलफल हुनेगरेको थियो । तर प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरोधन गरेपछि सभामुख सापकोटाले 'फास्ट ट्रयाक'मा बजेट छलफल चलाए ।
सभामुख अग्नीप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षलाई पेलेर बजेट छलफल गर्ने प्रक्रिया अघि बढाएका थिए । सभामुखले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई बजेटमाथि छलफल गर्न १२ मिनेटको समय दिए ।
सांसद सुवालले भने, 'विनियोजन विधेयकबारे संसद्मा एक महिना छलफल हुन्थ्यो । अहिले १२ मिनेटको समय दिइएको छ । यसले संसद् देश र जनताप्रति जवाफदेशी नभएको स्पष्ट हुन्छ ।' सुवालले बजेटमाथि छलफलभन्दा पृथक प्रश्न उठाए । उनको प्रश्न बजेटभन्दा फरक एमसीसीमा केन्द्रित थियो ।
सभामुख सापकोटाले सबै मन्त्रालयको विनियोजनमाथि छलफलमा नाम टिपाउन आग्रह गरे । तर कुनै सांसदले नाम नटिपाएपछि उनले अर्थमन्त्री जनार्दन शर्मालाई जवाफ दिन आग्रह गरे । त्यसपछि शर्माले बजेटको विशेषता पढेर सुनाए ।
सभामुख सापकोटाले अर्थमन्त्रीको भनाइमा 'स्पष्टीकरण माग गर्न' आग्रह गरे । त्यसमा सांसद सुवालले मात्र भाग लिए । सुवालले भने, 'खर्च कटौति शिर्षकमा हरियो बन तस्करको धन कहिले रोकिन्छ' भनेर सोधेको थिएँ ।' उनले द्रुतमार्ग, वाइडबडी जस्ता विषयमा स्पष्टीकरण मागे ।
अर्थमन्त्री शर्माले पनि साधारण ढंगले सुवालको प्रश्नको जवाफ दिए । त्यसपछि सभामुख सापकोटाले विनियोजन विधेयकमाथि दफावार छलफल टुंगिएको जानकारी दिए । आर्थिक विधेयकको सन्दर्भमा पनि यही क्रम चल्यो । सांसद सुवालको प्रश्न र अर्थमन्त्री शर्माको जवाफमा बजेट छलफल सीमित रह्यो ।

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

प्रतिक्रिया