रुविनाका लागि जुँगा काट्न तयार सलाेन

काठमाडौँ- निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय फिल्म ‘डाँडाको बर पीपल’को गीत ‘काटी दिउँला जुङ्गा जम्मै'सार्वजनिक गरिएको छ। आइतबार काठमाडौंको वन सिनेमाजमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरेको थियो । फिल्म असोज २६ गते फुलपातीको दिन सिनेमा हल र ओटीटीमा एकसाथ रिलिज हुने भएको छ ।
सार्वजनिक गीतमा स्वर्गीय खेमराज गुरूङ र रिमा गुरूङ हाडाकाे स्वर, उमंग लामा र केशव चाैलागाइकाे शब्द, उमंग लामाकाे संगीत र फणिन्द्र राइकाे एरेन्ज छ । गीतकाे भिडियाेमा सलाेन बस्नेत, रूबिना थापा, भुवन केसी, शिव श्रेष्ठ, गाैरी मल्ल, विनाेद न्याैपाने, राजिव,प्रभात,अस्मिता, प्रदिप ,अप्स्ना लगायत फिचर्ड छन् ।
भिडियाेमा रामजी लामिछानेको कोरियोग्राफी छ। फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, प्रदिप गिरि , अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, , ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।
बुढासुब्बा डिजिटलको प्रस्तुतिमा निर्माण भएकाे फिल्ममा कथा तथा निर्माण नवराज गिरीको रहेको छ। सरस्वती गिरी कार्यकारी निर्माता रहेकी छन् । रामकाजी घिमिरेको लेखन रहेकाे फिल्ममा सुशन प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन,मोति कार्की प्रोडक्सन डिजाइनर रहेका छन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया