कांग्रेस क्रियाशील सदस्यता: यसरी टुंग्याइयो धनुषा र कैलालीको विवाद

काठमाडौँ - नेपाली कांग्रेसले धनुषा र कैलाली जिल्लाको क्रियाशील सदस्यता विवाद मिलाएको छ । नेता कृष्णप्रसाद सिटौंला संयोजक रहेको समितिले असोज ३ मा दुई जिल्लाको विवादमा निर्णय गरेको हो । क्रियाशील विवाद समाधान समितिले दुई जिल्लाको विवाद टुंगोमा पुर्याउन ९ बुँदे निर्णय गरेको हो । निर्णय अनुसार धनुषा क्षेत्र नम्बर ४ र कैलाली क्षेत्र नम्बर १ विवाद टंग्याएको हो ।
निर्णयअनुसार धनुषा क्षेत्र नम्बर ४ मा रहेको बट्श्वेर नगरपालिका वडा नम्बर ५ र क्षिरेश्वर नगरपालिका वडा नम्बर १० मा नयाँ क्रियाशील सदस्यहरुले १४ औँ महाधिवेशनमा भाग लिन नपाउने भएका छन् । यी वडाहरूमा पुरानै क्रियाशील सदस्यहरूबाट अधिवेशन हुनेछ ।
समितिले गरेको निर्णय अनुसार धनुषा जिल्लाका लागि भएको निर्णय कार्यान्वयन गर्न केन्द्रीय सदस्यद्वय आनन्द ढुंगाना र जीवन परियारलाई जिम्मा दिइएको छ । यस्तै परियार र अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कैलाली जिल्लाको विवाद समाधान गर्ने जिम्मेवारी पनि पाएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया