विदेशस्थित नेपाली दूतावासले मनाए संविधान दिवस

काठमाडौँ - विदेशमा रहेका नेपाली दूतावासले संविधान दिवसको अवसरमा विविध कार्यक्रमहरु गरेका छन् । असोज ३ गते राष्ट्रिय एवं संविधान दिवसको अवसर भन्दै विभिन्न कार्यक्रमहरु गरेका हुन् । सरकारले संविधान दिवस मनाउन सबैलाई सर्कुलर गरेको थियो । पाकिस्तान, ओमान, युएई, बेलायत, साउदी अरेविया लगायत मुलुकहरुमा रहेका नेपाली दूतावासले विविध कार्यक्रम गरि नेपालको संविधान दिवस मनाएका हुन् ।
उनीहरूले त्यहाँको स्वास्ठ मापदण्ड अपनाएर दूतावासले कार्यक्रमहरु गरेका हुन् । सबै जसोले आयोजना गरेको कार्यक्रममा त्यहाँको सरकारका विभिन्न निकाय, विदेशी कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था, व्यापारिक संस्थाहरु, नेपाल प्रेमीहरु, सञ्चारकर्मी र नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो । यद्यपि त्यस्तो उपस्थिति भने न्यून थियो ।
पाकिस्तानमा आयोजना गरेको कार्यक्रममा राजदूत तापस अधिकारीले राष्ट्रिय झण्डा फहराएका थिए भने त्यहाँ रहेको नेपाली समुदाय र केही पाकिस्तानी अधिकारीको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाउनुका साथै संविधानको विषयमा चर्चा समेत गरिएको विज्ञप्तीमा उल्लेख छ ।
ओमानको मस्कटमा गरिएको कार्यक्रममा पनि त्यही विधी अपनाइएको थियाे । ओमानस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ती अनुसार राजदूत डा. शर्मिला पराजुलीले राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाएकी थिइन् । उनले नेपाल र ओमानको झण्डा राखेको केक काट्नुको साथै नेपालकाे झण्डा फहराएकी थिइन् । त्यस्तै यूएईस्थित नेपाली दूतवासका राजदूत कृष्णप्रसाद ढकाल, कतारस्थित नेपाली दूतावासमा राजदूत नारद भारद्वाजले पनि यस्तै कार्यक्रम गरेका थिए ।
ढकालले संविधान दिवसको अवसरमा त्यहाँ अन्तरक्रिया गराएका थिए । त्यस्तै अन्य युरोपेली मुलुकमा पनि संविधान दिवस मनाएको जनाएको छ । विदेशमा रहेका अधिक दुतावासले संविधान दिवस मनाएका छन् । नेपालको संविधानले बहुदलीय संसदीय व्यवस्था, कानूनी शासन, संघीयता, धर्मनिरपेक्षता, समावेशीता, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता र मानवाधिकारलाई अंगीकार गरेको उल्लेख गर्दै सो संविधान कार्यान्वयनको चरणमा अघि बढेको जानकारी सबैजसो राजदूतले दिएका थिए ।
सबै जसो मुलुकमा दुवै देशको राष्ट्रिय धुनबाट कार्यक्रम सुरु गरिएको थियो । कतिपयले कार्यक्रममा नेपालको कला, प्राकृतिक सुन्दरता र पर्यटकीय आकर्षण झल्काउने तस्वीरको प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया