‘कर्पोरेट–पे’ प्रणालीका लागि एनआईसी एसिया र एनसीएचएलबीच सम्झौता

काठमाडौंः एनआईसी एसिया बैंक लिमिटेडले यसका संस्थागत ग्राहक महानुभावहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एचसीएचएल) सँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा एचसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
यो सम्झौताले एनआईसी एसिया बैंक ग्राहकले बैंकमा उपस्थित नभई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू बैंक खातामार्फत् सहजै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत् कनेक्ट आइपीएस वा एनसीएचएल–आइपीएस भुक्तानी कारोबारहरू गर्न सकिने सुविधा रहेको बैंकले जनाएको छ ।
यस ‘कर्पोरेट–पे’ प्रणाली सुरुवात गर्नका लागि ग्राहकहरुले बैंकबाट आवश्यक प्रकृया पूरा गरी आवेदन दिन सक्नेछन् । ग्राहकले यो सेवा प्रयोग गरी तोकिएको कारोबार सीमा भित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्नेछन् । यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टि–लेयर अथेन्टिकेसनको व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र पाउने सुरक्षित बाटोको व्यवस्था गरिएका बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_aZz0VXATyd_dlvax4yapqjl3bszpvgdc9wkifqltfb6k92np7ukvqjr8kdbeyf2eyt8dtx9.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया