आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

कांग्रेस एकजुट भयो भने कुनै शक्तिले हराउन सक्दैन : शशांक

विराटनगर : कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टीलाई एक बनाउन आफ्नो सवै शक्ति लगाउने बताएका छन् । सोमबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले भने, ‘मेरो एउटै काम छ, पार्टीलाई एक बनाउने, म एक बनाएरै छोड्छु ।’ कांग्रेस पार्टी एक भए नेकपा मात्रै होइन अरु कसैले हराउन सक्दैन ।’

तीन वर्षसम्म सरकारले जनताको पक्षमा काम गर्न नसकेपछि आफूहरू बाध्य भएर सडकमा आएको कोइरालाको भनाइ थियो । ‘सरकारले जनता र लोकतन्त्र विरोधी गतिवधि अगाडि बढायो, भ्रष्टाचार, अनियमितता पनि बढायो,’ उनले भने, ‘नेकपामा सरकार चलाउने शैली र ढंग देखिएन् ।’