'मेरी ओकिली' गायकको ‘सरिताको दिदी’मा एसराज र प्रनिमाको मोडलिङ

काठमाडौँ- कुनै बेलाको लोकप्रिय साङ्गीतिक समूह 'ओकिली'का गायक अनिष ओकिली लामो समयपछि दर्शक तथा श्रोता माझ आएका छन् । उनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत 'सरिताको दिदी' शीर्षकको गीत सार्वजनिक गरेका छन् ।
गीतमा अनीश ओकिलीको स्वर शब्द तथा सङ्गीत रहेको छ । शब्दमा उनलाई अयोध्या पी उपाध्यायले साथ दिएका छन् । यस्तै गीतमा सङ्गीत संयोजन भने चाँद सिंहको रहेको छ । गीतलाई सङ्गीतकार राजन इशानले मास्टरिंग गरेका हुन् ।
राजन इशानकै अवधारणामा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा अभिनेता एसराज गराच तथा प्रनिमा दाहालका साथमा सन्दीप क्षेत्रीलाई फिचर गरिएको छ । सन्तोष भुजेलको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायाङ्कन तथा बिजेश पौडेलको सम्पादनमा तयार भएको उक्त भिडियोलाई बिजेश तथा राजनले निर्देशन गरेका हुन् ।
३ दशक देखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय रहेका अनीश ओकिली एक परिचित नाम हो । उनको 'मेरी ओकिली ', ' गुलाबी जाडो ', 'झ्यालबाट हेरी" लगायतका चर्चित गीतहरू रहेका छन् ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया