फुटसल लिगको पहिलो दिन राइजिङ र स्पोटर्स कासलको जित

काठमाडौँ-पोखरामा शनिबारबाट सुरु ‘ए’ डिभिजन फुटसल लिगमा राइजिङ क्लब र स्पोर्टस कासलले विजयी सुरुवात गरेका छन् । धरानको राइजिङले काठमाडौँको मछिन्द्र स्काइ गोल्समाथि ५–४ को जित दर्ता गर्यो भने दोस्रो खेलमा आयोजक सहरको स्पोर्टस कासलले काठमाडौँको प्रभातफेरी युथ क्लबलाई ७–० ले हरायो ।
उद्घाटन खेलमा राइजिङका लागि रेवोस मास्केले दुई गोल गरे भने मिलन लिम्बु, दोर्जे तामाङ र सुदिप तामाङले एक–एक गोल थपे । पराजित टिम मछिन्द्र स्काइका लागि श्रीकृष्ण श्रेष्ठले ह्याट्रिक गरे भने आशिष सुनामले एक गोल गरे ।
कुल १० टिम सहभागी फुटसल लिगमा आइतबार लुम्बिनी फुटसलले झरना स्पोर्टस क्लबको सामना गर्नेछ । आइतबार नै हुने अन्य खेलमा फुटसल फाइभले शंखमुल फुटसलसँग प्रतिस्पर्धा गर्नेछ भने दिनको तेस्रो खेलमा ढुकु फुटसलको भिडन्त सविन मेमोरियल एफसीसँग हुनेछ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया