नेपालमा गोप्रो हिरो टेन ब्ल्याक क्यामरा सार्वजनिक

काठमाडौँ – आइसफल टेक्नोलोजिजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामरा सार्वजनिक गरेको छ । हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले हिरो टेन ब्ल्याक ल्याएको हो ।
जिपिटू प्रोसेसरमा आधारित यो क्यामरा छिटो र प्रयोग गर्न सहज रहेको कम्पनीले जानकारी दिएको छ । यो क्यामराले प्रति सेकेन्ड ६० फ्रेम सम्म ५.३ के को उत्कृष्ट गूणस्तरको भिडियो खिच्न सक्छ । साथै यो क्यामराबाट २३ मेगापिक्सलको तस्बिर लिन सकिन्छ ।
हिरो टेन ब्ल्याक क्यामरामा हाइपरस्मुथ ४.० स्टेबलाइजेसन फिचर छ, जसबाट भिडियो स्टेबल गर्न सकिन्छ । वाटरप्रुफ डिजाइन उत्कृष्ट र टिकाउ समेत छ । धेरै अपग्रेड भएर आएको यो क्यामरा नेपालमा पनि रुचाइने कम्पनीको विश्वास छ ।
सन् २०१० मा स्थापना भएको आइसफल टेक्नोलोजिज गोप्रोका लागि नेपालको एक मात्र आधिकारिक वितरक हो । नयाँ सुविधाहरू को कारणले गोप्रो हिरो टेन ब्ल्याक अन्य एक्सन क्यामरा भन्दा अलग र अझ राम्रो भएको हुनाले साईकल तथा मोटरसाइकल यात्री, पर्वतारोही, ब्लगर्स र अन्य सिर्जनात्मक व्यक्तित्वहरूले मनमोहक दृश्य कैद गर्न उपयुक्त छ ।
फिचरहरू :
जिपिटू प्रोसेसर – दुई गुणा बढीको स्पिड
हाइपरस्मुथ ४.०
२३ मेगापिक्सल सेन्सर
६० फ्रेम प्रति सेकेन्डको दरमा ५.३ के भिडियो
१२० फ्रेम प्रति सेकेन्डको दरमा फोरके भिडियो
३३ फिटसम्म वाटरप्रुफ

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_XLgFUOk3vJ_qurseim8nmihpb1m3i5hzcudcn1vyfeeu3n4aufc2e1aynnfjbkx1ohyt85y.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया