अर्जुन र किरणको जुगलबन्दीमा डुब्दै पुष्प र श्रेया

काठमाडौँ - ‘भ्वाइस अफ नेपाल ३’को विजेता बनेसँगै अमेरिका हान्निएका किरण गजमेरले बीचमा केही गीत रेकर्ड गराएका थिए । उनी देश नरहे पनि उनले गाएका गीत भने धमाधम सार्वजनिक भइरहेका छन् ।
यही क्रममा शुक्रबार उनले गाएको नयाँ गीत ‘म त डुब्दै गएँ’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतले उनका थुप्रै गीत झैं मायाको भाव बोल्छ । ‘नबोली नबोली’बाट मेलोडियस गीतका शिल्पीको रुपमा आफूलाई प्रमाणित गरेका पोखरेलले यो गीतमा पनि उस्तै धुन पस्केका छन् ।
उनको यो संगीतलाई पहिलो पल्ट भिडियोले पनि आत्मसात गरेको छ । भिडियोको निर्देशन गरेका छन् रामजी लामिछानेले । नृत्यपरक गीतमा आफ्नौ कौशल देखाउँदै आएका रामजी लामिछानेले भिडियोमा गीतको भावलाई राम्ररी प्रस्तुत गरेका छन् ।
भिडियोमा पुष्प खड्का र श्रेया सिटौलाको अभिनय रहेको छ । भिडियोले एउटा सेलिब्रटी र साधारण युवतीको प्रेम यात्रालाई वर्णन गरेको छ । भिडियोलाई सौरभ लामाले छायांकन गरेका हुन् भने बन्दे प्रसादको सम्पादन । भिडियोमा किरणलाई ममता गुरुङले स्वरमा साथ दिएकी छिन् । भिडियो दि डिभाइन म्युजिकको च्यानलबाट सार्वजनिक भएको हो ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया