लेडी गागाको एल्बम १० वर्षपछि बिलबोर्ड चार्टमा

लसएन्जल्स : लेडी गागाको एल्बम ‘बर्न दिस वे’ १० वर्षपछि बिलबोर्ड सर्वाधिक बिक्री हुने एल्बमको सूचीमा अटाएको छ । सन् २०११ मा निस्किएको एल्बम १० वर्षपछि बिक्री हुने सूचीमा अटाएको हो । एल्बम सूचीको १० औं नम्बरमा अटाएको हो ।
१० वर्षपछि सूचीमा अटाउने कारण भने भर्खरै सार्वजनिक भएको नयाँ भर्सन हो । लेडी गागाले केही दिनअघि मात्र एक दसक पुगेको उपलक्ष्यमा सिडी र क्यासेटको नयाँ संस्करण सार्वजनिक गरेकी थिइन् । सेप्टेम्बर ३ मा सार्वजनिक भएसँगै एल्बम पहिलो हप्ता अमेरिकामा मात्र ५ हजार प्रति बिक्री भएको थियो ।
उसबेला पनि लेडी गागाको यो एल्बम स्रोताको रोजाइमा परेको थियो । सार्वजनिक भएको दोस्रो हप्ता नै यो एल्बम बिल बोर्ड चार्टको एक नम्बरमा पुग्न सफल भएको थियो । गागाले नयाँ भर्सनमा ६ वटा गीत थपेकी छिन् । ‘बर्न दिस वे’ लेडी गागाको दोस्रो एल्बम थियो । यही एल्बमको सफलताले प्रेरित भएर गागाले यही नामको फाउन्डेसन पनि सुरु गरेकी थिइन् ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया