अब कोभिड-१९ परीक्षण र उपचार आफ्नै खर्चमा

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले कोभिड–१९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले सामान्य नागरिकले कोभिडको परीक्षण आफै गर्नुपर्ने बताएका हुन् ।
उनले आर्थिक रुपमा बिपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण वा चिन्ह देखिएका परीक्षण र उपचार निःशुल्क गरिने बताए । ‘उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ,’ डा.गौतमले भने, ‘अन्यले भने आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय भएको छ ।’
डा. गौतमले नेपाल सरकार मन्त्रिपरिषद्को असोज १९ को बैठकले त्यस्तो निर्णय गरेको बताए । यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कार्तिक २ गतेदेखि नै लागू हुने मन्त्रालयले बताएको छ ।

बिहानै कागती पानी पिउनुको यस्ता छन् फाइदाहरू

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविजविरुद्धको ५१ हजार भायल खोप

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

प्रतिक्रिया