मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं - नेकपा एमालेको स्थायी कमिटीको बैठक आज (आइतबार) बस्दै छ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा स्थायी कमिटीको बैठक बस्न लागेको एमाले केन्‍द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनकाअनुसार आजको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गर्ने विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।