प्रगतिशील पत्रकार संघको अध्यक्षमा दानी

काठमाडौँ – प्रगतिशील पत्रकार संघ काठमाडौं अध्यक्षमा रोशन दानी चयन भएका छन् । शनिबार सम्पन्न संघको जिल्ला भेलाले दानीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा विपिन पोखरेल, सचिवमा लक्ष्मण बेल्बासे र कोषाध्यक्षमा किरण पाण्डे निर्वाचित भएका छन् ।
यस्तै, सदस्यमा सुमन चापागाईं, अस्मिता क्षेत्री, गणेश विक, निरुल महर्जन र लक्ष्मी चौधरी निर्वाचित भएका छन् । अध्यक्ष दानीले सञ्चारकर्मीको अधिकार सुनिश्चित गर्दै श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाउने र श्रमको सम्मान साथै प्रेस स्वतन्त्रताको विषयमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

प्रतिक्रिया