इंग्लिस प्रिमियर लिगः लिभरपुल अपराजित, म्यानचेस्टर सिटी रोकियो

काठमाडौँ-इंग्लिस प्रिमियर लिगमा लिभरपुलले चौँथो जित दर्ता गरेको छ । यस सिजन अपराजित लिभरपुलले शनिबार राति क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गर्यो । एनफिल्डमा भएको खेलमा घरेलु टिमका लागि साडियो माने, मोहम्मद सलाह र नेबी केइटाले एक–एक गोल गरे ।
प्यालेसमाथि जित हासिल गरेसँगै लिभरपुलको पाँच खेलबाट १३ अंक भएको छ । गत बुधबार च्याम्पियन्स लिगमा एसी मिलानलाई हराएको लिभरपुल प्रिमियर लिग अंक तालिकामा शीर्षस्थानमा छ ।
शनिबार नै भएको अर्को खेलमा च्याम्पियन म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग बराबरीमा रोकियो । आफ्नै मैदानमा बराबरी खेलेपछि सिटी लिगको दोस्रो स्थानमा सीमित भएको छ । उसको पाँच खेलबाट १० अंक छ । तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडको पनि १० अंक नै छ । तर युनाइटेडले एक खेल कम खेलेको छ । म्यानचेस्टर युनाइटेडले आइतबार वेस्टह्याम युनाइटेडको सामना गर्नेछ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया