संवैधानिक कानुन व्यवसायी मञ्चकाे नयाँ कार्यसमिति चयन
अध्यक्षमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

काठमाडौँ - संवैधानिक कानुन व्यवसायी मञ्चको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न मञ्चको १९ औं वार्षिक साधारण सभाबाट पदापधकारी निर्वाचित भई नयाँ कार्यसमिति बनेको हो । मञ्चको अध्यक्षमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, उपाध्यक्षमा अधिवक्ता अम्बरबहादुर राउत, महासचिवमा अधिवक्ता सरोजकृष्ण घिमिरे, सचिवमा अधिवक्ता पवनकुमार जयसवाल निर्वाचित भएका छन् ।
यस्तै कोषाध्यक्षको जिम्मेवारी अधिवक्ता रोशन पोखरेलले पाएका छन् भने सदस्यमा अधिवक्ता हर्कबहादुर रावल, अधिवक्ता रोशनी पौड्याल, अधिवक्ता लिलाधर उपाध्याय र अधिवक्ता शर्मिला श्रेष्ठ निर्वाचित भएका छन् ।
उक्त साधारण सभाले केही वर्षदेखि नै संसदलाई छलेर अध्यादेशद्धारा शासन सञ्चालन गर्न गरिरहेको असंवैधानिक एवम् गैरसंसदीय निर्णयको विरोध गर्ने, नेपालको संविधानले निर्देशित गरेको विशिष्ट खालको संसदीय व्यवस्थालाई आत्मसात गर्दै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका कार्यरत हुनुपर्ने, सर्वाेच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दाहरूको चाँडो सुनुवाइ गर्नुपर्नेलगायत ६ बुँदे प्रस्ताव पारित गरेको मञ्चले जनाएको छ ।

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

प्रतिक्रिया