गायिका विष्णु माझीलाई विभुषण प्रदान गरिदैँ

काठमाडौँ – सरकारले गायिका विष्णु माझीलाई विभुषण प्रदान गर्ने भएको छ । नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका माझीलाई सरकारले विभुषण दिने तयारी गरेको हो । विभुषण प्रदान गर्ने सूचिमा उनको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । यसपटक विभुषित हुने सम्भवतः उनी एक्ली गायिका हुन् ।
नायिकामा भने केकी अधिकारी पनि सरकारबाट संविधान दिवसका दिन प्रदान गरिने विभुषणको सुचिमा परेकी छन् । संविधान दिवस ०७८ का अवसरमा नायिका अधिकारीसहित नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पनि विभुषण प्रदान गरिने भएको छ ।
सरकारले हरेकवर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभुषणबाट सम्मान गर्दै आएको छ । उक्त विभुषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने तय भएको छ ।

नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशीमा, सबैभन्दा थोरै कर्णालीमा

अवैध लागूऔषधसहित १० जना पक्राउ

खोलामा डुबेर दुई किशोरको मृत्यु

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

आजको मौसमः आज पनि पाँच प्रदेशमा पानी पर्ने

प्रतिक्रिया