बागलुङमा ३६ प्रतिशत नागरिकलाई पूर्ण खोप
बागलुङ - बागलुङका ३६ प्रतिशत नागरिकले कोभिड विरुद्धको खोप पाएका छन् । खोप अभियान सञ्चालन भएयता जिल्लामा हालसम्म ३६ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका हुन् । स्वास्थ्य कार्यालय बागलुङले सार्वजानिक गरेको तथ्यांकअनुसार जिल्लामा १८ वर्षमाथिका ३६ प्रतिशत नागरिकले कोभिडविरुद्धको पूर्ण खोप प्राप्त गरेका छन् । यस्तै जिल्लामा हालसम्म ४२ प्रतिशत नागरिकले पहिलो डोज प्राप्त गरिसकेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए ।
स्वास्थ्य कार्यालयकाअनुसार हालसम्म १८ वर्षमाथिका कक्षा ११ र १२ अध्ययन गर्ने दुई हजार ६ सय ६६ विद्यार्थीले खोप लगाएका छन् । जिल्लामा कूल ६६ हजार ९ सय ९२ जनाले पहिलो डोज खोप लगाएका छन् भने ५६ हजार ७ सय ८ नागरिकले पूर्ण खोप प्राप्त गरेको कार्यालय प्रमुख गुरौंले बताए ।
जिल्लामा अघिल्लो वर्षको तुलनामा प्रसूतिपश्चात हुने जाँच गर्ने महिलाको संख्या भने बढ्दै गएको छ । अघिल्लो वर्षदेखि सुत्केरीपश्चात स्वास्थ्यकर्मीद्वारा नै घरभेट कार्यक्रम सञ्चालन भएसँगै आर्थिक ववर्ष ०७६/७७ मा ११ प्रतिशत रहेकामा गत आवमा १८ प्रतिशत पुगेको गुरौंले बताए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया