प्रदेश १ मा सबैभन्दा धेरै संक्रमित झापामा

विराटनगर – पछिल्लो २४ घण्टामा प्रदेश १ का जिल्लामध्ये झापामा सबैभन्दा धेरै जनामा कोभिड संक्रमण पुष्टि भएको छ । शनिबार झापामा ९० जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा सुनसरीमा २७, मोरङमा २२, इलाममा ६, धनकुटामा तीन, भोजपुरमा एक र प्रदेश बाहिरका चार जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशभरमा २ सय १६ जनामा संक्रमण भएकोमा ५ सय ३१ मा पीसीआर परीक्षण गर्दा १ सय ५३ र ४ सय ८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो । स्थानीय तहअनुसार सबैभन्दा बढी झापाको दमकमा १९, सुनसरीको धरानमा १९ र बिर्तामोडमा १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
झापाकै अर्जुनधारामा १३, कनकाईमा १२, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा ६, ६ बाह्रदशी र बुद्धशान्तिमा दुई, दुई, कचनकवल, कमल गाउँपालिका र झापा गाउँपालिकामा एक, एक गरी १२ वटा पालिकामा संक्रमित भएका छन् । यस्तै सुनसरीको इटहरीमा चार, देवानगञ्ज, बराहक्षेत्र, दुहवी र इनरुवामा एक, एक, मोरङको विराटनगरमा १५, बूढीगंगंगामा तीन, उर्लाबारीमा दुई, कटहरी र सुनवर्षीमा एक, एक, इलामको इलाम नगरपालिका, सूर्योदय र माईमा दुई, दुई, धनकुटाको धनकुटा नगरपालिका, छथर जोरपाटी र पाख्रिबासमा एक, एक, भोजपुरको भोजपुर नगरपालिकामा एक र प्रदेश बाहिरका चार जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा शनिबार २ सय ८० जना कोभिड संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा महिला र पुरुष बराबर छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट एक महिलासहित पाँच जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया