‘जब वी मेट’ले करिअर बदिलियो, ‘तसन’ले जीवन

मुम्बई : दोस्रो बच्चा पाउने खबरले करिना कपुर आजभोलि समाचारमा छिन् । यही बेला करिना ‘जुग जुग जियो’को सुटिङ पनि गरिरहेकी छिन् । फिल्मको पहिलो सेड्युल भर्खरै पूरा भएको छ । यसैबीच करिनाले फिल्म कम्पानियनका लागि अनुपमा चोपडासँग कुरा गर्दै दुइटा फिल्मले आफ्नो जीवनको बाटो नै बदलिएको बताएकी छिन् ।
उनले भिडियो अन्तर्वार्तामा ‘जब वी मेट’ र ‘तसन’को बारेमा लामो कुराकानी गरेकी थिइन् । करिनाका अनुसार उनी सन् २००७ को सुरुमा एकसाथ ‘जब वी मेट’ र ‘तसन’को सुटिङ गरिरहेकी थिइन् । त्यतिबेला उनलाई लाग्थ्यो, ‘तसन’ले उनको करिअर नै कहाँबाट कहाँ पुर्याउँछ । किनकि यो यशराज ब्यानरको फिल्म थियो र फिल्मको केन्द्रमा करिना थिइन् ।
अझ यही समयमा उनको ‘जिरो फिगर’ले पनि बजार खाएको थियो । उनलाई लागेको थियो, यो फिल्मपछि करिना ‘किलबिल’ की उमा थुरमानझैं हिट हुनेछिन् । त्यसैले जहाँ उनी ‘तसन’का लागि जिउज्यान लगाएर काम गर्थिन् उहीँ ‘जब वी मेट’मा लेखेको लाइन मात्र बोल्ने काम गर्थिन् । उनलाई ‘जब वी मेट’ खेल्नलाई उसबेलाका प्रेमी शाहिद कपुरले कर गरेका थिए । शाहिदले फिल्ममा उनको भूमिका आफ्नोभन्दा धेरै नै राम्रो भएका भन्दै मन लगाएर काम गर्न प्रेरित गर्थे । तर, यतिबेलै करिनाको मन सैफतिर पनि लागेको थियो ।
उनले भनेकी छिन्, ‘खासमा ‘तसन’ले मेरो जीवन र करिअर दुवै बदल्छ भन्ने लागेको थियो । तर, ‘जब वी मेट’ले करिअर बदल्यो र ‘तसन’ले जीवन ।’
करिनाले तीन वर्ष लामो शाहिदसँगको प्रेम सम्बन्ध यही फिल्मको सुटिङ गर्दा गर्दै सकेकी थिइन् भने यसको केही वर्षपछि ‘तसन’को सेटमा भेटिएका सैफसँग विवाह गरेकी थिइन् । एक सालको अन्तरमा रिलिज भएका दुई फिल्ममध्ये ‘जब वी मेट’लाई करिअरकै उत्कृष्ट फिल्म मानिन्छ जबकि ‘तसन’ २००८ मा वर्षकै फ्लप फिल्म साबित भएको थियो ।

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_g4VACZqKqB_go5mwgtmt477p6wmey5r07vgz4qjf2fgulerzr9jcdwcgk6uyokexje5qena.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

प्रतिक्रिया