अनेरास्ववियुमा नयाँ अनुहार : अध्यक्षमा सुनिता, महासचिवमा समिक !

काठमाडौँ – नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले नयाँ नेतृत्व चयन गर्ने भएको छ । अध्यक्ष ऐन महरलाई एमाले नेतृत्वले प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा तान्ने भएपछि अध्यक्षसहित महासचिवलगायत पदमा नयाँ अनुहार आउने भएका हुन् ।
महरसँगै २२ औं सम्मेलनबाट निर्वाचित उपाध्यक्ष रश्मी आचार्य, महेश वर्तौला र सैलेश लामा पनि अनेरास्ववियुबाट बिदा हुँदै छन् । संगठनको अध्यक्षमा सुनिता बराल चयन भएकी छन् । ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय सचिवालयको बैठकले उपाध्यक्ष बराललाई अध्यक्ष चयन गर्ने भएको हो ।
चैतमा हुन गइरहेको २३ औं महाधिवेशनबाट बराललाई अध्यक्ष र समिक बडाल महासचिव बनाउने गरी केन्द्रीय कमिटी हेरफेर गर्न लागिएको विद्यार्थी इन्चार्ज खिमलाल भट्टराईले जानकारी दिए । संगठनका प्रवक्ता तथा हालका सचिव आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष चयन भएका छन् । उपाध्यक्षमा झपीन्द्र खत्री, यम पाण्डे, मोति विक, निशा अधिकारी, कल्पना वाइबा, उमेश आचार्यलगायतको नाममा सहमति जुटेको छ भने ११ जना सचिव हुने भएका छन् ।
५ वर्षअघि सम्पन्न २२ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष नविना लामा नेकपा एकतासँगै समानुपातिक सांसद् बनेपछि महरलाई अध्यक्ष तोकिएको थियो । यसपटक भने पार्टीको निर्णयबमोजिम अनेरास्ववियुको नेतृत्व परिवर्तन हुने भएको हो ।
संघीय संसद्को दुवै बैठक बस्दै: सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जा…

शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहनेछु : पूर्वमन्त्री भट्टराई

प्रचण्ड भन्छन्- जादु चलाउन चाहे सक्छु तर सरकार बनाउने पक्षमा छैनौँ

विद्यालय शिक्षा विधेयकसम्बन्धी गठित उपसमितिको म्याद १० दिन थपियो

एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्यांक छैन : शिक्षामन्त्र…

सरकारविरूद्ध संसद्मा प्रचण्डले खर्चिएका ३४२२ शब्द

सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुक्यो : कोइराला

प्रतिक्रिया