सिमकार्ड कसको नाममा छ ? यसरी थाहा पाउनुहाेस्

काठमाडौँ- आफ्नो नाममा सिम कार्ड हुनु अब अनिवार्य जस्तै भएको छ । नागरिक एप चलाउन होस् वा सरकारले जारी गर्न लागेको राष्ट्रिय परिचयपत्रकै लागि किन नहोस् सिमकार्ड आफ्नो नाममा हुनु अनिवार्य नै भएको छ ।
यसरी सिमकार्डसँग विभिन्न सेवा प्रयोग गर्न प्रयोकगर्ताले आफूले प्रयोग गर्ने सिमकार्ड आफ्नै नाममा बनाउनु पर्ने भएको छ । अर्को तर्फ एक जना व्यक्तिको नाममा एउटै सेवाप्रदायकका दुई भन्दा बढी सिम कार्ड नरहने व्यवस्था छ । नेपाल दूरसञ्चार प्राधिकरणले त्यसको कार्यान्वयनका लागि सेवाप्रदायकहरुलाई निर्देशन समेत दिइसकेको अवस्था छ ।
टेलिफोन सेवा प्रदायक हरुले पनि एक ग्राहकलाई अधिकतम २ भन्दा बढी सिम बिक्री गर्न नपाउने गरी आफ्ना मातहातका केन्द्रलाइ निर्देशन दिएको छ ।
सिमकार्ड कसको नाममा छ कसरी थाहा पाउने ?
नेपाल टेलिकमले यूएसएसडी मार्फत आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा दर्ता भएको छ भनेर थाहा पाउन सकिन्छ ।
नेपाल टेलिकमका सिम प्रयोगकर्ताले आफ्नो मोबाइलमा *९२२# डायल गरेर थाहा पाउन सक्नेछन् । साथै त्यसमा सिम दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो वा अरु नै हो भन्ने विषयमा समेत सोध्ने गरिएको छ । *९२२# डायल गरी दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो भने १ तथा होइन भने २ नम्बर टाइप गरी पठाउनु होस् ।
एनसेल प्रयोगकर्ताले भने आफ्नो नाममा भएको सिमकार्ड कसको नाममा छ भनेर चेक गर्नका लागि *९९६६# डायल गर्नुपर्ने हुन्छ ।

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

प्रतिक्रिया