फिलिपिन्ससँग नेपाल पराजित

काठमाडौँ - एएफसी महिला एसियन कप २०२२ को छनौटमा नेपालले फिलिपिन्ससँग २–१ काे हार बेहोरेको छ । खेलको उत्तर्राद्धमा लगातार दुई गोल खाएपछि नेपाली महिला टिम फिलिपिन्ससँग निराश बनेको हो ।
उज्वेकिस्तानको तास्केन्टमा भएको खेलमा नेपालले १० औँ मिनेटमै अग्रता लिएको थियो । विंगबाट खेलिरहेकी विमला चौधरीले रक्षक गिता रानाको पासमा गोल गरेकी थिइन् । त्यसपछि खेलमा थप गोल गर्न नसकेको नेपालले खेल उत्तर्राद्धमा पुग्दा दुई मिनेट भित्र दुई गोल खायो ।
फिलिपिन्सका लागि ताहनाई अनिसले ९० औँ मिनेटमा बराबरी गोल गरिन् । त्यसको दुई मिनेटपछि कामिल्ले विल्सनले निर्णायक गोल गरिन् र फिलिपिन्सलाई महत्वपूर्ण तीन अंक दिलाइन् ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया