पूर्वी चीनको यान्ताईले विश्व औद्योगिक डिजाइन सम्मेलनको आयोजना गर्ने

जिनान- विश्व औद्योगिक डिजाइन सम्मेलन पूर्वी चीनको सान्डोङ प्रान्तको तटीय शहर यान्ताईमा अक्टोबर २२ देखि २४ सम्म आयोजना हुने भएको छ ।
आयोजकले शुक्रबार दिएको जानकारी अनुसार, यस वर्षको सम्मेलन मुख्यतः बौद्धिक उत्पादनहरू र डिजाइन निर्माणमा केन्द्रित हुनेछ । प्रदर्शनी अनलाइन र अफलाइन दुवै माध्यमद्वारा सञ्जालन हुने आयोजकले जनाएका छन् ।
करीब १,००० नयाँ डिजाइन र नवप्रवर्तन उद्यमशीलताका विषयमा स्वदेश तथा विदेशबाट उद्यमीहरूले सहभागीता जनाउने अपेक्षा गरिएको छ । ती प्रदर्शनीहरूमा एयरोस्पेस, स्मार्ट कार, इन्टिलिजेन्ट रोबोर्ट लगायतका क्षेत्र र विषय समेटिने छन् ।
यस किसिमको सम्मेलन २०१६ देखि हालसम्म चार पटक आयोजना गरिएको छ जसमा ४६ देशहरूले सहभागीता जनाएका छन् । उद्योग तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारी वाङपेङका अनुसार सम्मेलन थुप्रै उद्योगी, व्यवसायी र डिजाइनरहरूका बीच प्रतिभा र सहयोग को आदान-प्रदान गर्ने एक मञ्चको रूपमा आकर्षित गर्न सफल भएको छ । (सिन्ह्वा)

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया