माछा मार्ने विषयमा झगडा, एकको मृत्यु

सप्तरी : बोदेबरसाइन नगरपालिका–३ कुशमारस्थित सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा झगडा हुँदा एक महिलाको मृत्यु भएको छ । आइतबार राति झगडा तथा कुटपिट हुँदा ४५ वर्षीया गंगियादेवी मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय शिव सरण मण्डल, ४७ वर्षीय विजय मण्डल, २२ वर्षीय सुरेन्द्र मण्डल र २८ वर्षीय रबित मण्डल रहेका छन् ।
इलाका प्रहरी कार्यालय बोधेबसाईन र इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न हुनेलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका चार जनाको नर्सिङ होम लहान सिरहामा उपचार भइरहेको छ । कुटपिटमा संलग्न फरार तीन जनाको प्रहरीले खोजी गरिरहेको छ ।

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

प्रतिक्रिया