जापानले नेपालमाथि लगाएको प्रवेश प्रतिबन्ध खुल्यो

काठमाडौँ - जापानले कोभिड-१९ संक्रमण नियन्त्रण गर्न भन्दै नेपालमाथि लगाएको प्रवेश प्रतिबन्ध हटाउने भएको छ । नेपालबाट रि-इन्ट्री भिसा भएकाहरूलाई जापान प्रवेशमा लगाइएको रोक हटाउने भएको हो ।
जापानको पररास्ट्र मन्त्रालयद्वारा प्रकाशित सीमा नियन्त्रणसम्बन्धी सूचना अनुसार नेपालसहित अफगानिस्तान, भारत, श्रीलंका, बङलादेश र माल्दिभ्सबाट प्रवेशमा लगाएको रोक हटाउने निर्णय भएको उल्लेख छ । सेप्टेम्बर २० तारिखदेखि जापानको आवासीय भिसा भएका रि-इन्ट्री बाहक नेपाली नेपाल-जापान यात्रा गर्न सक्नेछन् ।
पछिल्लो समय जापान प्रवेश नखुल्दा सयौं नेपालीहरू तेस्रो मुलुक १४ दिन क्वारेन्टिन बसेर जापान आउन थालेका थिए । जापानमा कोभिड संक्रमणदर केही कम भएको र संक्रमण घटेसँगै खोप लगाउनेको संख्या बढेपछि जापानले आवासीय भिसा बाहकको प्रवेशलाई खुलाएको हो बैशाखमा बिदामा नेपाल आएका सयौँ नेपालीहरू जापानले लगाएको प्रतिबन्धका कारण नेपालमै रोकिएका थिए ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया